
काठमाडौं, चैत्र १५ । सिंगापुरका राजनेता ली क्वान यूको अन्त्येष्टी समारोहमा लाखौं लाख सर्वसाधारण सहभागी भएका छन् ।
आफ्ना प्रिय नेताको अन्तिम दर्शन गर्न लगातार परिरहेको पानीलाई पनि बेवास्ता गर्दै मानिसहरु सडकको दुबै किनारामा झुम्मिएका हुन् । हातमा सिंगापुरको राष्ट्रिय झण्डा फहराउँदै उनीहरुले आफ्ना प्रिय नेतालाई भावपूर्ण बिदाइ गरेका छन् ।
सिंगापुरलाई समृद्ध राष्ट्र बनाउनु हुने राजनेता लीको गत सोमबार निधन भएको थियो । ली को अन्त्येष्टीमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन, जापानका प्रधानमन्त्री सिन्जो आबे, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो, अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोट र बेलायती नेताहरु सहभागी भएका छन् ।
निमोनियाबाट पीडित ९१ वर्षिय राजनेता ली क्वानको सिंगापुरको जनरल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । उनी सिंगापुरको पहिलो प्रधानमन्त्री बनेका थिए । एजेन्सी
