महतगौंडा र हेम्जामा दुर्घटना, एकको मृत्यु, ३२ घाईते

Share:

रञ्जन अधिकारी  पोखरा, १५ चैत / पोखराको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ व्यक्ति घाईते भएका छन् । पोखरा १७ महतगौंडामा मध्यान्ह सवा १२ बजेतिर भएको माईक्रोबस दुर्घटनामा परी पोखरा १७ लामताराकी ४९ वर्षीया रुक्मणी के.सी. को मृत्यु भएको हो भने दुर्घटनामा परी १३ जना घाईते भए । पोखरा २७ हेम्जामा भएको बस दुर्घटनामा एक विदेशी पर्यटक सहित १९ जना घाईते भएका हुन् ।

तित्याङबाट पोखरा तर्फ आउदै गरेको ग.१.ख. १८१० नम्बरको नगर माईक्रो बस महतगौडाको उकालो घुम्तीमा ब्रेक नलागी ब्याक हुँदा पल्टिएको कास्की प्रहरीले जानकारी दिएको छ । घाईते १५ मध्ये रुक्मणीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घाईते १३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । पल्टिएको माईक्रो बस र चालक धादिङ सुनौलाबजार १ घर भई पोखरा बस्ने बर्ष ४२ को भिम बहादुर राना प्रहरी नियन्त्रणमा रहेको छन् ।

a

घाईतेमध्ये भरतपोखरीकी २५ वर्षीया प्रमिला लामिछानेको अवस्था गम्भीर रहेको छ । मणिपाल अस्पतालमा उपचाररत अन्य घाईतेहरुमा भरतपोखरीकै ६१ वर्षीया चन्द्रकला थापा, बागमाराकी २२ वर्षीया आशा पौडेल, लामाटारकी २७ वर्षीया गीता बानियाँ, पोखरा १७ कै २० वर्षीया सन्या गुरुङ, निर्मलपोखरीकी ४८ वर्षीया रमा आचार्य, लेखनाथ १६ का ५५ वर्षीय चुडामणि पौडेल, लेखनाथ १२ का ३० वर्षीया माया नेपाली र गंगा आचार्य, लेखनाथ १ भण्डारढिकका ५५ वर्षीय खेमलाल भण्डारी, हंशपुर ६ की ५५ वर्षीय चन्द्रकला सुवेदी, पोखरा २६ सराङकोटकी २३ वर्षीया बबिता बानियाँ र गोरखा आश्राङ ५ की ५५ वर्षीया ज्योति सिंखडा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त डिएसपी केदार रजौरेले जानकारी दिए ।

यस्तै, दिउँसो पौने दुई बजेतिर बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ५४२५ नंको यात्रुवाहक बस हेम्जाको तिब्बेतियन क्याम्प नजिकै सडकमा अचानक पल्टिँदा १९ जना घाईते भएका हुन् । चालक कास्की पोखरा २७ हेम्जा बस्ने ३० वर्षीय कमल कुंवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जनाएको छ । घाईतेहरुको मणिपाल शिक्षण अस्पताल र सहारा अस्पताल पोखरामा उपचार भईरहेको छ । घाईतेहरु खतरामुक्त रहेको बताईएको छ ।

मणिपाल अस्पतालमा उपचाररत घाईतेहरुमा कास्कीकोट ४ की टुकसरा राना, पर्वत दुर्लुङ ३ की निमकुमारी उपाध्याय, दुर्लुङ ७ का छवि थापा मगर, तिलाहार २ का पदमबहादुर क्षेत्री, ठुलीपोखरी ३ की मञ्जु परियार, बाग्लुङ बलेवा ९ कि दिला देवी लामिछाने, आर्जेवा २ का सन्दिप थापा, जैवी ३ का नगेन्द्र क्षेत्री, संखुवासभा बाला ९ की लिला राई, सोलु सेस्ताम ५ का चमात राई र ईटालियन नागरिक रहेका छन् ।

यस्तै, सहारा अस्पतालमा उपचाररत आठ जनामा पर्वत थापाथाना ९ का अमर ब. क्षेत्री, पर्वत फलेवास खानीगांउ ६ कि ईन्द्रदेवी शर्मा, कुष्मा न.पा. १५ कि शिला लामिछाने, पोखरा हेम्जाका गणेश खड्का, आयुमा गुरुङ, शुशिला सापकोटा, बाग्लुङ मालिका ८ का आत्मराम सापकोटा र सोलुखुम्वु छिस्का ३ बको हिमाल राई रहेका छन् ।

Photo: Prakash Chandra Sapkota

कमेन्ट गर्नुहोस्
Share: