अनसनरत डा. केसीका मागबारे सहमति भएन/माग पुरा नभएसम्म अनसन नतोड्ने

266
0
Share:

काठमाडौं, चैत १७ – सरकार र अनसनरत डाक्टर गोविन्द केसीबीच आजको वार्ता सकारात्मक भएपनि सहमति भने हुन सकेन ।

govinda kc close

डाक्टर केसीले राखेका शिक्षा मन्त्री तथा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग बाहेक अरु माग पुरा गर्न सरकार तयार भएको छ ।

तर बर्खास्तको माग पनि पुरा हुनु पर्ने केसीको अडान छ । सरकारी वार्ता टोली समक्ष डाक्टर केसीले आफ्ना अडान नछोड्ने बताएपछि सरकारी वार्ता टोली उठेर हिँडेको थियो ।

यसअघि यस्तै सहमति गर्दा आफूले धोका पाएकाले यो पटक सबै माग पुरा नभएसम्म आफूले अनसन नतोड्ने केसीको भनाई छ ।

स्वास्थ्य विग्रँदै

मेडिकल शिक्षामा सुधारको माग गर्दै १० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । उहाँको मुटु र नाडीको धडकन अनियमित हुनुका साथै छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न डाक्टर दिव्यसिंह शाहले बताउनुभयो ।

केसीको रक्तनली कमजोर हुँदै गएको र यसले मस्तिष्क, मुटु तथा मिर्गाैलालाई प्रत्यक्ष असर पु¥याउन सक्ने डाक्टर शाहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
Share: