पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँले घट्यो

Share:

१९ चैत काठमाडौं / पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो ।

NOCजसअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । त्यसैगरी, प्रतिलिटर डिजेल र मटि्टतेल ८६ रुपैयाँ ५० पैसा कायम भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि भारतीय आयल निगमले घटेको रेट अनुसार आयल निगमले मूल्य समायोजन गरेर नयाँ मूल्य सार्वजानिक गरेको हो ।

निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: