
चैत्र २०,पोखरा / एक साताअघि पर्यटकीय नगरी पोखराको फेवतालमा डुबेर बेपत्ता भएकी पोल्याण्डकी २६ वर्षीया काटर जयनाको शव शनिवार विहान फेला परेको छ ।
चैत १२ गते साँझ साथीहरुसँगै डुंगा सयर गर्ने क्रममा अचानक हावाहुरी चलेर पल्टिएपछि उनी बेपत्ता भएकी थिइन् ।
स्थानीयबासीले फेवातालमा तैरिरहेको अवस्थामा शव फेला परेपछि सशस्त्र प्रहरी बलको उद्वार टोलीले निकालेको थियो । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।
कमेन्ट गर्नुहोस्
