श्रीलंकामा हरिहर अधिकारीले पाए सर्वोत्कृष्ट ज्योतिष अवार्ड

286
0
Share:

संजोग बस्याल
कोलम्बो (श्रीलंका), २५ चैत ।

युवा ज्योतिष हरिहर अधिकारी वर्ष २०१५ को सर्वोत्कृष्ट ज्योतिष अवार्डबाट सम्मानित भएका छन् । नेपाली ज्योतिषहरुमध्ये उनी उत्कृष्ट ठहरिएका हुन् । श्रीलंकाको राजधानी कोलम्बोमा भएको १५ औँ एशियन ज्योतिष भविष्यवाणी तथा वास्तु मेलामा उनले अवार्ड प्राप्त गरेका हुन् ।

नेपाल, भारत, मलेशिया र श्रीलंकाबाट उपस्थित करिब ५ सय ज्योतिषहरुमाझ उनले अवार्ड प्राप्त गरेका थिए । अवार्ड हात पारेसँगै अधिकारीले आफु निकै खुशि भएको प्रतिक्रिया दिए । उनले अवार्ड पाएसँगै आफुमा ज्योतिष विज्ञान र वास्तु शास्त्रको क्षेत्रमा अझै धेरै गर्ने हौसला मिलेको बताए ।

उनले भने–‘यो अवार्डले मेरो जिम्मेबारी अझै बढाएको छ । आगामी दिनमा यस क्षेत्रप्रति म अझै समर्पित भएर लाग्नेछु ।’ उनले सोहि क्रमका ‘जेम स्टोन’ अर्थात ‘रत्न’को बारेमा विशेष जानकारीमुलक प्रवचन समेत दिएका थिए ।

अधिकारीले हात पारेसँगै एशियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेलले सानो उमेरमै ठुलो मेहेनत गरेकै कारण हरिहरले अवार्ड हात पारेको प्रतिक्रिया दिए । उनले अधिकारीलाई बधाई दिँदै अझै प्रगतिको कामना गरे ।

२४ वर्षिय युवा ज्योतिष हरिहर अधिकारी यसअघि विज्ञानका विद्यार्थी हुन् ।

सम्मेलनमा एशियाली देशका ज्योतिषहरुले ज्योतिषशास्त्र र वास्तुशास्त्रको बारेमा वहश गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: