आलु महोत्सवको तेस्रो दिन दर्शकको अत्यधिक चाप

Share:

पोखरा, २५ चैत। सोमबार शुरु भएको छैटौ हेमजा आलु महोत्सवको तेस्रो दिन बुधबार दर्शकको अत्यधिक चाप बढेको छ । दर्शकको उत्साह देखेर आयोजकलाई हौसला प्रदान गरेको मुलआयोजक समितिका संयोजक रमेश कार्कीले बताए । आलुका बिभिन्न परिकारको स्वाद लिदै चर्चित कलाकारको सास्कृतिक प्रस्तुतीमा रमाउनुको मज्जा फरक भएको महोत्सब हेर्न पुगेका दर्शकले बताएका छन ।

तिन दिन सम्म ४५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सव भित्र र वाहिर गरि करिव ३५ लाखको आलुको कारोवार भएको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए । महोत्सवको बुधबार रामजी खाँड, कृष्ण गुरुङ, प्रजापति पराजुली, सरस्वती लामिछाने, तारापती सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढु·ाना, सुरेन्द्र गुरुङ जीवन दाहाल, विजय केसी मञ्जु विक लक्ष्मी सुवेदीको प्रस्तुती रहेकोे सास्कृतिक उपसमिति संयोजक दानबहादुर थापाले बताए । पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुतीले दर्शकहरु पेट मिच्ने गरी नै हसाएको थियो ।

महोत्सबको बिहिबार प्रजापति पराजुली, बिष्णु खत्री, राजी खाँड, तारापति सुबेदी, शिबहरी ढुङ्गाना, सरला पाण्डे, टेक क्षेत्री, कृष्ण सुबेदी, जीबन दाहाल, सिता के.सी.,काजुल गुरुङ,बिजय के.सी. को प्रस्तुति रहने सास्कृतिक उपसमिति संयोजक थापाले जानकारी दिए । यस्तै जागृति आमा समुह हेमजाको रत्यौली गित एवं अभिनयले महोत्सबमा थप रौनक प्रदान गरेको थियो ।

महोत्सब हेर्न आउने दर्शकहरु आलुका परिकार नखाई नफर्किने गरेको क्षेत्री महिला समुहकी इन्दिरा के.सी.ले बताईन । महोत्सब अबलोकन गर्न आउने दर्शकलाई आलुका मिठा मिठा परिकारको स्वाद दिलाउन आफुहरुले पनि खाजाको स्टल राखेको उनको भनाई थियो । महोत्सबमा रेम्बो ट्राउट माछाप्रति दर्शकको आकर्षण बढेको मर्दिखोला रेम्बो ट्राउट फार्मका सञ्चालक रुद्रप्रसाद पौडेलले बताए । हिजोको तुलनामा आज माछाको व्यापार बढेको छ, उनले भने प्रतिकेजी ७५० रुपैयामा बिक्रि गरीएको हुदापनि उपभोक्ताको मन जित्न सफल भएको छ ।

सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजीत महोत्सव २९ गते सम्म चल्ने छ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, वाल उद्यान, विविध साँस्कृति कार्यक्रम, लोक दोहोरी, झाँकी प्रदर्शनी, नृत्य प्रतियोगिता, हास्यकलाकारको वेजोड प्रस्तुती, जापानीज सुन्तला प्रदर्शनी, कृषि प्रदर्शनी तथा सेती नदिमा ¥याफ्टि·, जिपलाईन फ्लायर र प्याराग्लाईडि·का लागि टिकट उपलब्ध गराईने छ ।

महोत्सवमा टिकटको मुल्य ५० रुपैयाक कायम गरिएको छ भने विद्यार्थीलाई ३० रुपैया कायम गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा आलुको मुल्य २८ रुपैया निर्धारण गरीएको छ । महोत्सवमा आलुका विभिन्न परिकारहरु राखिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: