प्रचण्डलाई क्षमा नदिने उपेन्द्रको घोषणा

301
0
Share:

विराटनगर, २७ चैत / मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई धोका दिएको भन्दै आक्रोश पोखेका छन् ।
शुक्रबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले प्रचण्डले दिएको धोका अक्षम्य भएको बताए ।

upendra yaadavप्रचण्ड सत्ताको मोहमा फसेर ३० दलीय मोर्चाको आन्दोलन तुहाउने खेलमा लागेको आरोप उनको थियो । ‘प्रचण्डले सत्ता मोहमा परेर आन्दोलन तुहाउने काम गरेका छन्’, यादवले भने, ‘उनको यो अपराध अक्षम्य छ ।’ यादवले प्रचण्डले सत्तापक्षसँग सत्ताका लागि सम्झौता गरेको आरोपसमेत लगाए ।

उनले प्रधानन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग मिलेर प्रचण्डले मधेसी र आदिवासी समुदायलाई गम्भीर धोका दिएको बताए । यादवले प्रचण्डकै अविश्वशनीय व्यवहारका कारण ३० दलीय मोर्चाको आन्दोलनमा जनसहभागिता राम्रो नभएको जिकिर गरे ।

‘प्रचण्डले ३० दलीय मोर्चालाई मात्र होइन, जनतालाई नै धोका दिएका छन्’, यादवले भने, ‘उनकै कारण आन्दोलन हुतियो ।’ फरक प्रसंगमा अध्यक्ष यादवले मधेसी र आदिवासी जनजाति मिलेर नयाँ मोर्चा बनाउने तयारी भइरहेको खुलासा गरे ।

कमेन्ट गर्नुहोस्
Share: