बागलुङ १ को उपनिर्वाचनमा कांग्रेसको जित : एमाओवादीको जमानत जफत

248
0
Share:

बागलुङ, चैत २९ / बागलुङ क्षेत्र नं. १ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार चम्पादेवी खड्काले १७ हजार एकसय ५४ मत प्राप्त गर्नुभयो । एमाले उम्मेदवार मनकुमारी केसीले १५ हजार ६८ मत ल्याउनुभएको छ ।

कांग्रेस र एमाले बाहेक अरु उम्मेदवारको जमानत जफत भएको छ । एकीकृत नेकपा माओवादीका कृष्ण केसीले जम्मा २ हजार ५० मत मात्र ल्याउनुभएको छ । उहाँ सहित ११ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपनिर्वाचनमा १३ जना उम्मेवदार प्रतिष्पर्धामा थिए ।

बागलुङ १ मा यसअघि पनि कांग्रेसले नै जितेको थियो । २०७० सालको संविधानसभा चुनावमा विजयी भएका सभासद हरिबहादुर खड्काको दुर्घटना परी ज्यान गएपछि उपनिर्वाचन भएको हो । अहिले विजयी हुनुभएका चम्पादेवी खड्का स्वर्गीय सभासद हरिबहादु खड्काकी धर्मपत्नी हुनुहुन्छ ।

 

Photo : ekantipur

कमेन्ट गर्नुहोस्
Share: