
पोखरा, २९चैत। विष्णु पादुका क्लवको आयोजनामा हेमजामा शुरु भएको छैटौ हेमजा आलु महोत्सवको सोमबार समापन हुदैछ । महोत्सवको सातौै दिन सम्म एक लाख १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र महोत्सव भित्र र वाहिर गरि करिव दुई करोड ५० लाखको आलुको कारोवार भएको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए ।
महोत्सवको बिहिबार औपचारिक समापन गरिने संयोजक कार्कीले जानकारी दिए।दर्शक वढ्दै गएका कारण आयोजकले एक दिन थप गरिएको थियो ।
महोत्सवको आईतबार कृष्ण देवकोटा, जीवन दाहाल, रामजी पौडेल, घनश्याम रिजाल, सुरेन्द्र गुरुङ, केशव देवकोटा, शिवहरी ढुड्डाना, विजय केसी, सीता केसी, लक्ष्मी नेपाली, माया केसी र सन्तोष वस्यालको प्रस्तुतीबाट दर्शकहरुले मनोरञ्जन लिएका थिए । महोत्सवका सोमबार चर्चित कलाकारहरुको प्रस्तुती रहने उपसमिति संयोजक दानबहादुर थापाले जानकारी दिए।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको ठुलो पहाड, आलुका विभिन्न परिकार, वाल उद्यान, विविध साँस्कृति कार्यक्रम, लोक दोहोरी, रहेको थियो ।
