
पोखरा, वैशाख १ गते । युवा मुक्तककार कृष्ण देवकोटाको पहिलो मुक्तकसङ्ग्रह अग्निशिखा शनिबारदेखि बजारमा आएको छ । मुक्तक मञ्च,पोखराले आयोजना गरेको कार्यव्रmममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोकार्पण गर्नुभएको हो ।
कृतिको लोकार्पण गर्दै प्राज्ञ सरुभक्तले मुक्तक नेपाली साहित्यको एक गहन विधा भएको जिकिर गर्दैै यसले जीवन दर्शन बोल्ने बताउनुभयो । मुक्तकले गागरमा सागर बोल्ने भन्दै सरुभक्तले सिङ्गो काव्य÷महाकाव्यले दिने विचार मुक्तकले दिन सक्ने बताउनुभयो ।
पोखरेली मुक्तककारहरुको भीडमा कृष्ण देवकोटा अग्र पङ्क्तिमा आउने भएको बताउँदै सरुभक्तले कृष्ण ऊर्जाशील प्रतिभा भएको दिग्दर्शन अग्निशिखाले देखाएको विचार व्यक्त गर्नुभयो ।
स्रष्टा कृष्ण देवकोटाले नेपाली मुक्तकमा आफूले यो कृति सानो प्रयासका रुपमा मात्र ल्याएको बताउँदै नेपाली मुक्तक एक गहन विधा भएकाले गल्ती भए आगामी दिनमा सुधार गर्दै जाने बताउनुभयो । कृतिमा २०६७अघिका मुक्तकहरुमा मात्र समेटेको बताउँदै देवकोटाले आगामी दिनमा अझ परिपक्व मुक्तक लेख्दै अघि बढ्ने बताउनुभयो ।
कृतिको समीक्षा गर्दैै मुक्तककार तथा समीक्षक नारायण मरासिनीले कृष्णका मुक्तकहरु सम्पूर्ण मुक्तकीय गुणहरुले युक्त भएको दाबी गर्नुभयो । संरचनागत हिसाबले रुवाइयात शैलीका मुक्तकहरु नै देवकोटाको कृतिमा समावेश भएको बताउँदै मरासिनीले यसले पोखरेली मुक्तकहरुको प्रतिनिधित्व गर्ने समेत बताउनुभयो । ‘देवकोटा नेपाली मुक्तकका सफल मुक्तककार हुन्’, मरासिनीले भन्नुभयो, ‘देवकोटाजस्ता मुक्तककारकै कारण नेपाली मुक्तकका क्षेत्रमा देखिएका अन्यौलहरु निर्मूल हुने छन् ।’
मुक्तक मञ्चका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, ट्याक्सी व्यवसाय समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशमणि तिवारी, सल्लाहकार लक्ष्मण थापा, दीपेन्द्र श्रेष्ठ, हरिदेवी कोइराला, हरिप्रसाद बराललगायतले शुभकामना दिनुभएको थियो । कार्यव्रmमको सञ्चालन मञ्चकी सचिव सरला सरुले गर्नुभएको थियो ।
देवकोटाले आफ्नी छोरी अनुष्का देबकोटाको पहिलो जन्मदिन तथा नयाँ वर्षको अवसरमा कृति बजारमा ल्याउनुभएको हो । मुक्तक मञ्च, पोखराका पूर्व अध्यक्ष समेत रहेका देवकोटाको कृतिमा १२५ वटा विभिन्न धारका मुक्तकहरु समेटिएका छन् ।
