प्लास्टिकका झोलामा लगाइएको प्रतिबन्धविरुद्ध व्यवसायी उत्रिए सडकमा

Share:

काठमाण्डु, ४ वैशाख– प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघ सडकमा ओर्लिएको छ ।

Plastic-Jholaसरकारले यहि वैशाख १ गतेदेखि काठमाडौ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाएपछि महासंघ विरोधस्वरुप सडकमा ओर्लिएको हो ।

महासंघले सरकारी निर्णविरुद्ध शुक्रबार काठमाडौमा प्रदर्शन गरेको छ । महासंघले भृकुटीमण्डपदेखि वसन्तपुरसम्म जुलुस प्रदर्शन गरेर विरोध जनाएको हो ।

जुलुसमा प्लास्टिक व्यवसायीहरुको उल्लेख्य उपस्थिति थियो । प्लास्टिक व्यवसायीहरुले आफ्ना कामदारलाई पनि जुलुसमा सहभागी गराएका थिए ।

सरकारले विना विकल्प प्लास्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउँदो करोडौं रुपैयाँको लगानी जोखिममा परेको व्यवसायीहरुको गुनासो छ ।

प्लास्टिक उद्योगमा हाल करिब ३५ अर्ब रुपैयाँको लगानी रहेको व्यवसायीहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: