राजकीय सम्मानका साथ पूर्वप्रधानमन्त्री थापाको अन्त्येष्टि

Share:

बैशाख ४ गते / पूर्वप्रधानमन्त्री एवं संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको शुक्रबार साँझ अन्त्येष्टी गरिएको छ । थापाको धार्मिक विधिअनुसार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

sbd-last-respect5

थापाको पार्थिव शरीरमा उनका छोरा एवं वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिएका थिए । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका स्व थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।

sbd-last-respect4

स्व. थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए ।

sbd-last-respect2

पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बन्नुभएका स्व. थापाको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोक धुन बजाउनुका साथै सलामी अर्पण गरेको थियो । थापाको गत बुधबार राति उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।

sbd-last-respect

कमेन्ट गर्नुहोस्
Share: