इभाना मानन्धरले पहिरिइन् मिस नेपालको ताज

Share:

काठमाडौं, वैशाख ५ / इभाना मानन्धर नयाँ मिस नेपाल बनेकि छन् । काठमाडौंकी २३ वर्षकी इभानाले १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको ताज पहिरिएकी हुन् । इभानाले आउँदो अक्टोबरमा दक्षिण अफ्रिाकामा हुने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

miss nepalतपाईंले अबको १५ वर्षपछि आफूलाई कस्तो देख्नुहुनेछ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अन्तिम प्रतिष्पर्धामा आएका चार जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । इभानालाई गएको वर्षकी मिस नेपाल सुविन लिम्बुले ताज पहिर्‍याएकी थिइन् ।

यस्तै काठमाडौंकी दिव्यता वैद्य फस्ट रनर अप भइन् । उनले आउँदो फिलिपिन्समा हुने मिस अर्थमा सहभागिता जनाउने छिन् । यस्तै काठमाडौंकी मेधा कोइरालाले सेकेन्ड रनरअपको उपाधि जितिन् । उनले आउँदो नोभम्बरमा जापानमा हुने मिस इनटरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

कमेन्ट गर्नुहोस्
Share: