
नाइजेरिया,वैशाख ६ / नाइजेरियामा अज्ञात रोगका कारण १८ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी नाइजेरियमा फैलिएको अज्ञात रोगले प्रकोपको रुप लिएको स्थानीय अधिकारीले बताएका छन् । अनडु राज्यको ओडा आयलबाट केही दिनअघि सुरु भएको प्रकोप तीब्र गतीमा फैलिएको छ ।
आँखाको दृष्टि कमजोर हुने, टाउको दुख्ने तथा चेतना हराउँदै जाने लक्षण देखिएको रोगको पहिचान हुन सकेको छैन । रोगको लक्षण देखिएको २४ घण्टा भित्रै बिरामीको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनबाट गएका र स्थानीय स्वास्थ्यकर्मीले रोग पहिचान गर्ने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म भएका परीक्षणले फैलिएको प्रकोप इबोला वा अन्य कुनै भाइरस नरहेको पुष्टि गरेका छन् । नाइजेरिया सरकराले रोगलाई रहस्यमय भनेर परिभाषित गरेको छ । गएको सोमबादेखि बुधबारसम्ममा रोगको लक्षण देखिन सुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
