राष्ट्र संघको गाडीमा बम विस्फोट

Share:

सोमालिया,वैशाख ७/सोमालियामा संयुक्त राष्ट्र संघको गाडीमा बम आक्रमण हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । सोमालियाको पन्टल्याण्ड क्षेत्रमा संयुक्त राष्ट्र संघको गाडीमा बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

बम आक्रमणमा ज्यान गुमाउनेमा संयुक्त राष्ट्रसंघीय मिसनमा काम गर्दै आएका केन्या र सोमालियाका नागरिक रहेको अधिकारीले बताएका छन् । राष्ट्र संघको गाडीमा जोडिएको बम नै विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर सुरुमा आएको रिपोर्टमा भने राष्ट्र संघको गाडीमा आत्मघाती बम आक्रमण भएको जनाइएको थियो ।

बम विस्फोट भएको पन्टल्याण्ड सोमालियाको स्वायत्त क्षेत्र हो । सोमायालियमा अलयकायदासँग जोडिएको अल शबाबले हिंसात्मक गतिविधि गर्दै आएको छ । तर पन्टल्याण्डमा भने यस किसिमका घटना कम हुने गरेको थियो । सोमबार भएको आक्रमणको जिम्मेवारी पनि अल शबाबले लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: