जाजरकोटपछि कालिकोटमा पनि महामारी फैलियो, सयौं बिरामी

Share:

कालिकोट, बैशाख ८ – जिल्लाको दुर्गम गाबिस राम्नाकोट र मेहलमुडी गाविसमा करिव ३ सय जना विरामी भएका छन् ।

jajarkotमेहलमुडी गाविसको वडा नम्बर ५ का ५० र ६० जना विरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव कटक महतले बताए । ‘मेहलमुडीमा धेरै बिरामी भएको खबर आएको छ ।’ उनले भने,–‘के कारण बिरामी भएका हुन् अहिले भन्न सकिने अवस्था छैन् ।’

विरामी भएकाहरु मौसमी फ्लुका कारण वा स्वाइन फ्लु हो भन्ने थाहा हुन नसकेको जिल्ला जनस्वास्थ्य कालिकोटले जनाएको छ ।

मेहलमुडी गाविस ५ पगाती र टिकुवा गाउँका बासिन्दा विरामी भएका हुन् । स्वाइन फ्लुको विरामी भएको हुन सक्ने भन्दै गाउँलेहरु आतंकित बनेको स्थानीय जनकराज योगीले बताए । ‘विरामी भएकाहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् ।’ उनले भने,–‘के कारण बिरामी भएका हुन् त्यो पत्ता लाग्न सकेको छैन् ।’

गाउँका चार दर्जन बढी एकैपटक विरामी परेपछि जिल्लास्थित स्वास्थ्यकर्मीको टोली मंगलबार नै त्यसतर्फ जाने तयारी गरेको अहेव महतले बताए ।

विरामी भएकाहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । विरामी भएकाहरु स्थानीय मेहलमुडी उपस्वास्थ्य चौकीमा आउने क्रम जारी रहेको उपस्वास्थ्य चौकीका अहेव हेमराज बमले बताए ।

त्यस्तै राम्नाकोट गाविसको वडा नम्बर खार्दु बाझकोट गाउँका पनि एकहप्ता अघिदेखि नै ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण बिरामी देखिएका छन् ।

स्थानीय शिक्षक तुलाराम कठायतका अनुसार राम्नाकोट गाविस वडानम्बर ७ खार्दुगाउँमा एक बालिकाको मृत्यु भएको छ । कृष्णलाल कठायतकी तीन वर्षकी छोरी रिना कठायतको मृत्यु भएको हो । खार्दुगाउँमा एक हप्तादेखि मानिसहरु बिरामी परेका छन् ।

मेहलमुडी र राम्नाकोट गाबिसमा देखिएको महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले बताए ।

कालिकोट सदरमुकामदेखि एक दिन पैदल दुरीमा रहेको मेहलमुडी र राम्नाकोट गाविसको रहेका छन् । बडा नम्बर ५ को पगाती, तिकुवा, राम्नाकोट गाविसको खार्दु गाउँमा गरी करिव दुई सय भन्दा बढी स्थानियमा सोही लक्षण देखा परेको छ ।

बिरामी भएको क्षेत्रमा मंगलबार बिहानै कालिकोटका सभासद् महेन्द्र शाही पनि त्यसतर्फ लागेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

मेहलमुडी र राम्नाकोट गाविसका स्थानीयमा ज्वरो आउने, छाती, टाउको र घाँटी दुख्ने, रिँगाटा लाग्ने, श्वासप्रस्वासमा समस्या हुने तथा हातखुट्टा झमझमाउने गरेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: