उकालो लाग्दै सुनचाँदीको मूल्य

Share:

काठमाण्डु,८ वैशाख-नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको कारोबारमा वृद्धि भएको जनाएको छ ।

goldनयाँ वर्षसँगै विवाह व्रतबन्धको गतिविधि बढेकाले कारोबारमा वृद्धि भएको हो । गएको चैतमा दैनिक पाँच किलो सुन बिक्री हुन सकेको थिएन । अहिले दैनिक १५ किलोका हाराहारीमा सुन बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विभिन्न कारणले सुनको मूल्यमा आउने उतार चढाव तथा डलरको मूल्य वृद्धि र नेपाली मुद्राको क्रयशक्ति कमजोर हुँदै जाँदा सुनको कोरोबारमा प्रभाव पारेको हो ।

विभिन्न मार्ग भइ अवैध तरिकाले भित्रिने सुन तथा त्यसलाई नियन्त्रण गर्न नसक्दा भन्सार चुहावट भइ बजार मूल्य भन्दा सस्तो पर्न जाने हुँदा व्यवसायीलाई समस्या आएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

सुनको व्यवसायलाई मर्यादित तथा पारदर्शी बनाउन वैज्ञानिक मापदण्ड निर्माणका लागि व्यवसायीले माग गर्दै आएका छन् । सुनको मूल्य मंगलबार प्रतितोला ५१ हजार ६ सय तथा चाँदीको मूल्य प्रतितोला ६ सय ९५ रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: