श्रीलंकालाई ८-० ले हराउँदै नेपाल सेमिफाइनलमा

Share:

काठमाडौँ, वैशाख ९ / राजधानीमा जारी १४ वर्षमुनिका महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपअन्तर्गत समूह ए को विजेता हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।दशरथ रङ्गशालामा बुधबार भएको लिगको अन्तिम खेलमा श्रीलङ्कालाई ८–० को फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चारको स्थान पक्का गरेको हो।

प्रतियोगिताको कमजोर टिम श्रीलङ्काविरुद्ध नेपालकी रेखा पौडेल, र सरू लिम्बुले २-२ तथा निशा थोकर रञ्जु खड्काले १-१ गोल गरेका थिए।आजै भएको खेलमा बङ्गलादेशले भुटानलाई १६–० ले हराउँदै समूह बीको विजेता भएको छ भने इरानले मालदिभ्सलाई १८–० ले हराउँदै समूह एको उपविजेताको रुपमा सेमिफाइनलको स्थान पक्का गरेको हो।

नेपालसँगै बङ्गलादेश, भारत र इरानले पनि सेमिफाइनलको स्थान सुरक्षित गरेका छन्।सेमिफाइनल खेलहरू शुक्रबार दशरथ रङ्गशालामा हुनेछन्।अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता भारतबीरूद्ध फाइनल प्रवेशका लागि खेल्ने छ भने बंगलादेशले इरानको सामना गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: