
काठमाडौं, वैशाख १० / भारत, विहारमा मंगलबार राति आएको शक्तिशाली समुद्री आँधीमा परी मर्नेको सख्या ६५ पुगेको छ । आँधीमा परी २ हजार भन्दा बढी घाइते भएका छन् ।
आँधीबाट पूर्णिया जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । करिब एक घन्टासम्म आएको आँधीबाट कोशी र दरभंगाका १० भन्दा बढी जिल्ला बढी प्रभावित भएका छन् ।
आँधीका कारण अवरुद्ध विद्युत्, टेलिफोन र यातायात सेवा सामान्य गर्ने प्रयास भैरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । राज्य सरकारले मृतकको परिवारलाई राहत दिने घोषणा गरेको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
