भारतीय सम्पादक भन्छन्, ‘भारतले गरेको सहयोग मिडियाको चर्तिकलाले स्वाहा भो’ #gohomeidianmedia

Share:

भारतको चर्चित हिन्दी पत्रिका आउटलुकका सम्पादक नीलभ मिश्रले भारतीय मिडियाले नेपालको भूकम्पको रिपोर्टीङका क्रममा गरेका हरकतले प्रधानमन्त्री नरेन्द्र मोदीको धज्जी उडाएको टिप्पणी गरेका छन् । उनले अनलाई संस्करणमा गरेको टिप्पणी यस्तो छः–

धूत्र्याइँले हरेक समयमा काम गर्दैन । प्रधानमन्त्री नरेन्द्र मोदीको छवि प्रचार गर्दै हिड्ने भारतीय सञ्चारमाध्यमहरुलाई नेपालको भूकम्पमा उनीहरुको कस्तो मूल्यांकन भयो त्यो सम्भवतः बुझे । खासगरी भारतीय उद्धार टोलीको अस्वभाविक विदाइ, भारतीय मिडियाप्रति नेपालका जागरुक मध्यमवर्गको आक्रोश, उत्तरप्रदेश, बिहारले केन्द्र सरकारसंँग राहतमा गरेको प्रतिस्पर्धा, र बिहारका मुख्यमन्त्री नीतीशकुमारलाई राहतसहित जनकपुरधाम जान रोक्ने केन्द्र सरकारको निर्णयले निरर्थक टकराव उत्पन्न गरेको छ । यो तथ्यलाई मोदी सरकार टाढा भयो भने उसको प्रचारनीतिले भविष्यमा अझै माथ खाने छ । प्रधामन्त्रीको छविलाई मलजल गर्न अमेरिकी प्रचारप्रणालीबाट प्रशिक्षित यी भारतीय मिडियाहरु नेपालको विपदसम्म खुबै उचालिए । प्रधानमन्त्री मोदीको हरेक विदेश नीति पहिले अनौठो भन्दै यीनीहरुले प्रचार गरे । टेलिभिजनहरुका लागि विदेशनीति सम्बन्धि सामग्री आफ्नो जटिलता र दीर्घकालीन प्रशंगबाट हटाएर गतिशील रुपमा प्रस्तुत गरे । टेलिभिजनका क्यामेराहरु क्षणिक र अप्राशंगिक दृश्यहरुलाई कैद गर्छन् । यीनकै आधारमा मूलुकमा बहस पनि हुने गर्छ ।

प्रधानमन्त्री मोदी जुन जुन मूलुकको भ्रमणमा जान्छन्, त्यहाका प्रवासी भारतीयहरुलाई भेला गरिन्छ, मोदीको जयजयकार गरेको दृश्य खिच्न यी टेलिभिजन सधै तत्पर भएर खडा हुन्छन् । मोवाइलबाट सेल्फी लिने यो जमानामा कुनै त्यस्तो युवा हुँदैन जो उज्यालो अनुहार लगाएर हात हल्लाउँदै गरेको दृश्य ठूलो स्क्रिन भएको प्लाज्मा टिभीमा देखियोस् । यसको फाइदा टेलिभिजनका प्रबन्धकहरुले लिन्छन् । प्रधानमन्त्री मोदीको छवि चम्काएर भारतीय दर्शक खुसी हुन्छन् भन्ने उनीहरु सोच्दछन् । नयाँ अनुभव बुझ्न र विश्लेषण गर्न केही समय लाग्छ । यहि कारण मोदीको जयजयकारको ठेक्का लिएका मिडिया प्रबन्धकहरुले यो धूत्र्याइँ यसबीच खुबै गरे ।

CEHm4fkVIAA9udZ

भियतनामको तस्बिर राखेर नेपाली भूकम्पपीडित बनाउँने प्रचारको धूत्र्याइँले नेपालीहरुको राष्ट्रिय स्वाभिमानमा ठोस नपुर्याए के पुर्याउँछ ?
तर कष्टमा परेका मानिसहरु सरल हृदयमा भरिएको करुणा र सान्त्वनाको स्पर्शका भोका हुन्छन् । धूत्र्याइबाट प्राप्त हुने आत्मरतिले त्यस्तो शोकमा परेका मानिसहरुको घाउमा नुन छर्के जस्तो हुन्छ । भारतीय टेलिभिजन च्यानलहरुले नेपालीहरु भारतीय च्यानल हेर्छन् र बुझ्छन् भन्ने उनीहरुले बिर्सिए । नेपालमा बस्ने भारतीयहरुले नेपाल सरकार मुर्दावाद मोदी जिन्दावाद भन्छन् । भियतनामको तस्बिर राखेर नेपाली भूकम्पपीडित बनाउँने प्रचारको धूत्र्याइँले नेपालीहरुको राष्ट्रिय स्वाभिमानमा ठोस नपुर्याए के पुर्याउँछ ?

भारतीय राहत र बचाउ दलले नेपालमा केही राम्रा काम पनि गरे होलान् तर भारतीय मिडियाको प्रचार धूत्र्याइँले त्यसलाई धोइपखाली नामेट पारिदीयो । अहिले भलै सरकारले नेपालबाट भारतको मात्रै होइन अन्य देशका उद्धारकर्मी पनि फर्किरहेका छन् भनेर बचाउ गर्ला तर नेपाल सानो छ, उ धेरै कुरामा भारतसँग निर्भर छ, यस्तो देशले भारतसँग आँखा जुधाएर धेरै भन्न नसक्ला । यसैले नेपालले आफ्नो राष्ट्रिय स्वाभिमानलाई कोमल कुटनीतिको सहाराले अभिव्यक्त गर्छ ।

उत्तरप्रदेश र बिहारसँग नेपालको नजिकको सम्बन्ध छ भन्ने केन्द्र सरकारले बुझ्नु पथ्र्यो । सरकारले यी दुवै राज्य र त्यहाँका मुख्यमन्त्रीको सहयोग लिनु पथ्र्यो । किनभने नेपालसम्म राहत पुर्याउँन यी दुई राज्यबाट छिटो र सरल हुन्थ्यो । ती राज्यबाटै धेरै राहत सामग्री जुटाउँन सकिन्थ्यो । ती राज्यहरुसंग नेपालको भावनात्मक र सांस्कृतिक निकटता पनि छ । यो सबै उपेक्षा मोदीका प्रचारक मिडियाहरुले गरिदिए ।

यसले एउटा नयाँ राजनीतिक चुनौती मोदी सरकारले मोल्दै छ । केन्द्र सरकारले पठाएका भारतीय फौज र राहत सामग्री काठमाण्डुकै आसपासमा केन्द्रीत भयो तर राज्यहरुबाट गएका राहत गाउँगाउँसम्म पुग्यो । नीतीशकुमारका लागि यो वर्ष चुनावी वर्ष हो । उनले चुनावमा कुनै जसल लिन नपाउँन भनेर नै जनकुर जानबाट केन्द्र सरकारले रोकेको हो । जनकपुर माता सीता र जनकको गृहनगर मान्ने गरिन्छ । पुरै उत्तरबिहारका लागि जनकपुर एक पबित्र भूमि हो, जनकपुरसँग बिहारका नागरिकको भावनात्मक सम्बन्ध छ । नीतीशकुमारलाई त्यहाँ जानबाट रोकेर भाजपाले आफनो हिन्दु रणनीतिमा आफैले आफ्नो खुट्टामा बञ्चरो हानेजस्तो भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: