भुकम्प पीडित सहयोगार्थ चित्रकला प्रदर्शनी

Share:

रञ्जन अधिकारीपोखरा, २५ वैशाख /गत वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित बनेकालाई राहत प्रदान गर्न कलाकारहरुले आफ्ना चित्रहरु विक्रीमा राखेका छन् ‘सहयोगी महानुभावले केहि दिएर आफूले पनि केहि लिन पाउनुहुनेछ । चित्र खरीद गरेर लैजानुस्, यो रकम भुकम्प पीडितलाई जानेछ ।’ सिर्जनशील कलाकार समूह, पोखराका अध्यक्ष विश्वराज अधिकारीले भने– ‘यो कार्यक्रम फरक यो अर्थमा छ कि, आफूलाई आत्मसन्तुष्टि पनि हुने, पीडितले पनि राहत पाउने ।’

पोखराको महेन्द्रपुल स्थित आर्ट अफ ग्यालरीमा ‘सहयोगी हातहरु’ नारा दिएर शुक्रबारदेखि चार दिनसम्म चल्ने प्रदर्शनीमा २६ कलाकारहरुले आफ्ना ५४ ओटा सिर्जनाहरु निःशुल्क समूहलाई उपलब्ध गराएका छन् । यी चित्रहरु विक्री गरी उठेको सम्पूर्ण रकम पीडितहरुका लागि रेडक्रस तथा प्रधानमन्त्री दैवी उद्धार राहत कोष मार्फत पीडित समक्ष पु¥याईने अध्यक्ष अधिकारीले जानकारी दिए ।

चित्रकला प्रदर्शनीको पर्यटनविद् झलक थापाले शुभारम्भ गरे । उनले पोखरेलीहरुको मन सुन्दर भएको भन्दै पीडितहरुको सहयोगार्थ संचालित प्रदर्शनीमा सहभागी भएर सहयोग हुनेमा आफू विश्वस्त रहेको बताए । ‘मैले पनि एउटा चित्र किनेर लान्छु । यो रकम पीडित समक्ष पुग्नेछ ।’ उनले भने– ‘मलाई लाग्छ, सबै सहभागी हुनेछन् । पोखरेली कलाकारको यो अभियानमा सबैले साथ दिनेछन् ।’ उनले ऐतिहासिक महत्वका विषयहरुलाई चित्रमा अंकित गरेर कलाकारले प्रशंसनीय काम गरेको भन्दै भुकम्प पीडितलाई स्मरण गर्दै आँशुले पोतेका चित्रहरु अमूल्य रहेको बताए । कार्यत्र mमको सञ्चालन सचिव सूर्य बराईलीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: