फेसबुकले जुटायो ४ लाख, चेपाङबस्तीलाई राहत

Share:
पोखरा, २९ वैशाख / फेसबुकमा भुकम्प पिडीतलाई सहयोगको आव्हान गरेपछि पोखराका युवाले ४ लाख हाराहारी रकम संकलन गरेर धादिङको चेपाङ बस्तीका ६२ घरधुरीलाई जस्तापाता पु¥याएका छन् । धादिङ क्षेत्र नम्बर ३ को पिडा गाविस ४ चेन्जल चेपाङ बस्तीका ६२ घरधुरीलाई जस्तापाता पु¥याएको पोखरा छोरेपाटन स्थित शितलचौतारा टोलविकास संस्थाका सहकोषाध्यक्ष मोहनराज बरालले बताए ।
‘भुकम्पपछि स्थानीय पत्रकार राजु क्षेत्री चेपाङ बस्ती पुगेर आउनु भएको रहेछ,’ ३५ वर्षे बरालले भने, ‘भुकम्पाले त्यहाँको अवस्था दर्दनाक बनाएको छ त्यहाँ सहयोग जुटाउनु प¥यो भन्नु भो ।’
image 
कसरी कहाँबाट सुरु गर्ने भन्ने थियो फेसबुक नै उनको दिमागमा पहिला आयो । ‘फेसबुकमा सहयोगको आव्हान गर्दै आफूहरू पिडीतसम्मै पुग्ने बाचा गरेँ,’ बरालले भने, ‘बेलायतको रेडिङ्गमा बसोबास गर्ने छोरेपाटन पोखराका नविन गुरुङले एक लाख सहयोग गरिहाले ।’
हङ्कङबाट भगवती बराल, अमर गुरुङ, सिर्जना मल्ल लगायतले ५० हजार सहयोग जम्मा पारे । अष्ट्रेलियाबाट गोविन्द सुवेदी, विष्णु ढकालको पहलमा ७५ हजार जम्मा भयो । डेनमार्क, युएइ लगायतका देशमा विभिन्न काम र अध्ययनको शिलशिलामा बसेका प्रवासी नेपालीहरूले रकम संकलन गरेर सघाउन थाले । सँगसँगै पोखराका स्थानीय विभिन्न संघसंस्था र व्यक्तिहरूले पनि रकमको जोहो गरे । पोखरामा पत्रकारीता गरिरहेका रञ्जन अधिकारीले बेलायत र भारतका विभिन्न सहयोगी साथीहरूबाट ३० हजार संकलन गरेका थिए । भुकम्पबाट धादिङमा रहेको आफ्नो घर गुमाएपनि उनले समस्यामा परेका चेपाङ गाउँको लागि भनेर सो रकम पनि हस्तान्तरण गरे । ‘एकपछि अर्को गर्दै सहयोग आउँदा झनै उत्साह थपिँदो रहेछ,’ बरालले खुसी हुँदै भने, ‘ नेपालीको मन ठूलो हुन्छ यसै भन्या हैन रैछ ।’
संकलित रकमबाट जस्तापात खरिद गरेपछि पोखराबाट शितल चौतारा टोलविकास संस्था, शितल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिर्जनशिल युवा क्लब, युनियन फाइनान्स लगातका संस्थाका प्रतिनिधीहरू गत शनिबार धादिङ पुगेका थिए । पानी पर्ने मौसम सुरु भएकाले आफूहरूले जस्तालाई नै जोड दिएको राहत वितरण कार्यक्रका संयोजक इश्वरीप्रसाद लम्साल बताए । उनीहरूले प्रतिघर परिवार १० वटाका दरले जस्ता वितरण गरेका छन् ।
‘वर्खालाग्दैछ, ओतलाग्ने कुरो मिलेको छ,’ नेपाल चेपाङ्संघ धादिङका अध्यक्ष टेकबहादुर चेपाङले राहत वितरण कार्यक्रममा भने, ‘सहयोग पाएर मन भरिएको छ ।’ उनले आफूहरूलाई सघाउने देश विदेशका सबैलाई चेपाङ बस्तीको तर्फबाट धन्यवाद दिए । कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक राजु चेपाङ, नेपाल चेपाङ संघका जिल्ला कोषाध्यक्ष सन्तमान चेपाङ, स्थानीय समाजसेवी सन्तबहादुर बिक लगायतकाको उपस्थिति थियो ।
‘४० परिवारलाई सोचेका थियौं, ६२ लाई पु¥यायौं,’ फेसबुकमा राहत अभियान चलाएका बरालले भने, ‘अझ १ लाख कोषमा बाँकी नै छ ।’ बचत रकममा थप सहयोग संकलन गरेर सिन्धुपाल्चोक जाने तयारी गरिराखेको उनले बताए । ‘सामाजिक सञ्जालले हामीलाई नजिक्याएको छ,’ बराल कुरा छोट्याउँदै भने, ‘अझै धेरै सहयोगीसँग हात मिलाएर वास्तविक पिडितकहाँ जाँदैछौं ।’
कमेन्ट गर्नुहोस्
Share: