एनआरएनले थप जिल्लाहरुमा राहत वितरण गर्ने

Share:

काठमाडौ, ३० वैशाख / गैरआवासीय नेपाली संघ एनआरएनले राहत वितरणलाई अन्य जिल्लामा पनि विस्तार गर्ने भएको छ । पहिलो चरणको राहत वितरण सकेर घर निर्माणको तयारीमा जुट्न लागेका बेला मंगलबार पुनः ठूलो भूकम्प गएपछि संघले राहत वितरणलाई अन्य जिल्लामा पनि विस्तार गर्ने भएको हो ।

पहिलो चरणमा ९ जिल्लाका १० हजार परिवारलाई राहत वितरण गरेको संघले मंगलबारको भूकम्पबाट धेरै क्षति भएका जिल्लाहरुमा राहत वितरण गर्ने जनाएको छ । संघले मंगलबारको भूकम्पबाट क्षति पुगेका दोलखा लगायतका जिल्लामा राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

गैरआवासीय नेपाली संघको टोली पहिलो चरणको राहत वितरणको शिलसिलामा मंगलबार दोलखाको चरिकोट पुगेका बेला अर्को ठूलो भूकम्प गएको थियो । संघले राहत वितरण सँगै निशूल्क स्वास्थ्य शिबर पनि सञ्चालन गर्दै आएको छ । संघले १० करोड सहयोगको घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: