
भारत, ३१ वैशाख / चिनियाँ राष्ट्रपतिको निमन्त्रणमा चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्मान नै भारतको सम्मान भएको बताएका छन् ।
भ्रमणको पहिलो दिन बिहीबार दिउँसो मोदीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट गरेका छन् । राष्ट्रपति जिङपिङले मोदीको भव्य एवं सान्दार स्वागत गरेका थिए ।
जवाफमा मोदीले शान्दार स्वागतका लागि धन्यवाद दिँदै आफ्नो सम्मानै भारतको सम्मान भएको बताएका थिए ।
मोदीले आफ्नो भ्रमणले भारत चीनबीच सांस्कृतिक नाता जोड्ने काम गर्ने बताएका थिए ।
मोदीको एयरपोर्टमा पनि भव्य स्वागत भएको थियो ।
कमेन्ट गर्नुहोस्
