चीनमा बाढी, १५ जनाको मृत्यु

Share:

काठमाडौं, जेष्ठ ८ । चीनमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको ज्यान गएको छ भने ६ जना हराइरहेका छन् ।

china-final-final2चीनको मध्य र दक्षिणी क्षेत्रमा रहेको जियाङजी सहर बाढीको चपेटामा परेको छ । त्यहाँका ६० प्रतिशत जनता घरवारविहीन बनेका छन् । थुप्रै घरमा बाढी पसेकाले चौपायासमेत बगाएको छ ।

सडक र हवाई सेवासमेत अवरुद्ध बनेको छ भने बिजुली आपूर्ति बन्द हुँदा चीनको अधिकांश सहरका बासिन्दा अँध्यारोमा बस्न बाध्य छन् ।

बाढी प्रभावितहरुका लागि चीन सरकारले राहतको व्यवस्था गर्नुका साथै अस्थायी बसोबासको व्यवस्था गरेको छ । चीनमा एक सातासम्म आएको भारी वर्षापछि बाढी आएको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: