
जेठ १० गते
नेपाल टेलिकमका पोष्टपेड मोबाईल ग्राहकहरुलाई खुशीको खबर छ । टेलिकमले अब पोष्टपेडबाट विदेश फोन गर्दा कुनै पनि धरौटी शुल्क नलिईकन विदेश फोन गर्न मिल्ने सुविधा दिन लागेको छ ।
अहिले टेलिकमको पोष्टपेडबाट विदेश फोन गर्दा दुई हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । अब यो व्यवस्था हटेपछि, ग्राहकहरुले धरौटी विना नै एसआईडी सुविधा पाउनेछन् ।
नयाँ ग्राहकलाई यो सुविधा सिमकार्ड लिदने बेलामा नै सुचारु गरिने भएपनि पुराना पोष्टपेड ग्राहकले यो सुविधा लिन फर्म भर्नुपर्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन् ।
टेलिकमले यसअघि २०७० माघमा टेलिकम पोष्टपेड सिमकार्डका लागि २ हजार १ सय ३० बाट १ हजार ५ सय १० रुपैयाँ घटाएको थियो । नयाँ सुविधासँगै टेलिकमका लाखौं पोष्टपेड प्रयोगकर्ता लाभान्वित हुने भएका छन् ।
