बेलायती मन्त्रीहरुको तलब पाँच बर्षसम्म नबढाइने

Share:

काठमाडौं, जेष्ठ १० । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायती मन्त्रीहरुको तलव आगामी पाँच बर्षसम्ममा नबढाउने घोषणा गरेका छन् ।

बेलायत सरकार पछिल्लो समय भारी ऋणमा डुबेका कारण ऋण समस्या समाधानका लागि मन्त्रीहरुको तलव नबढाउने निर्णय गरिएको क्यामरुनको भनाई छ ।

मन्त्रीहरुको तलव नबढाउने हो भने प्रत्येक बर्ष आठ लाख पाउण्डको हिसावले सन् २०१० सम्ममा ४० लाख पाउण्ड बचत गर्न सकिने जानकारी दिएका छन् ।

बेलायती मन्त्रीहरुको हालको तलव बार्षिक १ दशमलव ३४ लाख पाउण्ड रहेको जानकारी दिंदै क्यामरुनले देशको हितका लागि सहयोग गर्नुहुन बेलायती मन्त्रीहरुलाई आग्रह समेत गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: