पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन योजना बन्दै : मन्त्री शेर्पा

Share:

काठमाडौं, जेष्ठ ११ । नवनियुक्त पर्यटन उड्ययनमन्त्री कृपाशुर शेर्पाले भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनःनिर्माण गर्न र पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन गुरुयोजना बनाउन आफू लागिपरेको बताउनु बताएका छन् ।

kripasur sherpaरिपोटर्स् क्लबले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सन्चारमाध्यमले पनि भूमिका खेल्नुपर्नेमा जोड दिए ।

हिमाल आरोहणका लागि रोयल्टी बुझाइसकेर पनि आरोहणमा जान नपाएकाहरुलाई अर्को वर्ष सोही रोयल्टीमा आरोहणको व्यवस्था मिलाउने मन्त्री शेर्पाको भनाइ छ ।

पर्यटन क्षेत्रमा भएको क्षतिको मूल्यांकन गर्न विज्ञहरु पठाउने र यसै वर्ष ८ देखि १० लाखसम्म पर्यटक भित्र्याउने गरी कामगर्ने पनि उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: