
काठमाडौं, जेष्ठ १२ । चीनको हेनान प्रान्तको पिङडिङसान सहरस्थित एक नसिङ होममा आगलागी हुँदा ३८ जनाको मृत्यु भएको छ ।
रातको समयमा भएको घटनामा घाइते भएका ६ मध्ये दुईको अवस्था गम्भीर रहेको ‘सिन्ह्वा’ समाचार एजेन्सीले जनाएको छ ।
नर्सिङ होममा ५१ जना बस्दै आएका थिए । आगलागीको कारणबारे अनुसन्धान थालिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
