‘भूकम्प पीडितलाई दिने भनेको ३५ हजारको कुरा कहाँ पुग्यो ?’

284
0
Share:

काठमाडौं, २० जेठ / संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुमगन तथा निर्देशन समितिले भूकम्प पीडितको लागि थप ३५ हजार रुपैयाँ दिन गरेको निर्देशनको विषयमा सरकारसँग जानकारी माग्ने भएको छ ।

बुधबार सभामुख सुवास नेम्बाङको अध्यक्षतामा बसेको बैठकले भूकम्प पीडितको लागि अस्थायी आवास निर्माणको लागि थप ३५ हजार दिन गरेको निर्दशनको विषयमा भइरहेको कामको विवरण पाँच दिनभित्र समितिलाई उपलब्ध गराउँन निर्देशन दिएको हो ।

यसअघि समितिले सरकारले दिएको १५ हजारले अस्थायी आवास बनाउन नमिल्ने भन्दै थप ३५ हजार दिन निर्देशन दिएको थियो । समितिले १५ हजार रुपैयाँ पनि पीडितहरुले अझै नपाएको भन्दै सात दिन भित्र दिन समेत निर्देशन दिएको छ ।

साथै समितिले विभिन्न जिल्लाका विभिन्न भू भागमा बस्न नमिल्ने भएकोले यथार्थ विवरण सात दिन भित्र बुझाउन पनि उपसमितिलाई निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: