
पोखरा, २२ जेठ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीका पदाधिकारीहरुले कर सम्बन्धि जानकारी लिएका छन् । शुक्रबार पोखरास्थित आन्तरिक राजश्व कार्यालयमै पुगेर उनीहरुले करको बारेमा विस्तृत जानकारी लिए ।
ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीसहितको टोली राजश्व कार्यालय पुगेको थियो । त्यहाँ उनीहरुले कर र कर प्रणाली सम्बन्धि अन्तरक्रिया समेत गरेका थिए । शैक्षिक परामर्शदाताहरुले कर अधिकृतहरुलाई पान, भ्याट, मुल्य अभिवृद्धि कर, ईन्टरनेट कर फर्म बुझाउने तरिकाको बारेमा सोधेका थिए ।
कार्यालयका प्रमुख कर अधिकृत जगदिश्वर उपाध्याय, कर अधिकृत रामप्रसाद सुवेदी, दोविन्द्रप्रसाद दाहाल, सुर्य सुर्खाली लगाएतले शैक्षिक परामर्श दाताहरुलाई कर सम्बन्धि सिकाएका थिए । उनीहरुले कर तिर्नु हरेक नागरिकको कर्तब्य भएको उल्लेख गर्दै कर सम्बन्धि जानेका कुराहरुलाई अरुलाई पनि सिकाउन शैक्षिक परामर्शदाताहरुलाई सुझाए ।
ईक्यान कास्कीका पदाधिकारीहरुले अन्तरक्रियाले आफुहरुलाई कर सम्बन्धि कुराहरुमा अझै बढि प्रस्ट पारेको बताए । अन्तरक्रिया कार्यक्रमको संयोजक ईक्यानकै पदाधिकारी रुद्रप्रसाद अर्यालले गरेका थिए ।

