फिफाले सन् २०२६मा हुने विश्वकपको टेन्डर रोक्यो

Share:

काठमाडौं, जेठ २७ (एजेन्सी) / विश्व फूटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६को विश्वकपको टेन्डर प्रक्रिया स्थगित भएको जनाएको छ।

फिफाले आज विज्ञप्ति निकालेर टेन्डर प्रक्रिया स्थगित भएको जानकारी गराएको हो। फिफामा भएको भनिएको व्यापक भ्रष्टाचारको समाचारले स्थान पाइरहेको बेला यस्तो निर्णय बाहिर आएको हो।

सन् २०१०को विश्वकप आयोजना गर्न दक्षिण अफ्रिकालाई दिनले निर्णय गर्दा फिफामा घुस लेनदेन भएको प्रमाणहरु मिलिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाइरहेका छन्।

यस्तै सन् २०१८मा रसिया र सन् २०२२मा कतारमा हुने विश्वकपको आयोजक छनोट गर्दा फिफा पदाधिकारीले घुस लिएको आरोप लागिरहेको छ। भ्रष्टाचारका कारण आलोचित भएपछि अध्यक्ष सेफ ब्लाटरले निर्वाचित भएको केही दिनमा नै पदत्याग गरेका थिए। अब २०२६को विश्वकप आयोजक छनोटका लागि टेन्डरको नयाँ कार्यक्रम फिफाको कार्यकारी समितिले पछि गर्ने विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: