कास्कीमा हुने भो दुईवटा अन्तराष्ट्रिय क्रिकेट मैदान !

Share:

बिग न्युज, २८ जेठ | कास्कीमा दुईवटा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान हुने भएको छ । अघिल्लो वर्ष गठन भएको पोखरा अन्तराष्ट्रि क्रिकेट मैदान संघले नयाँ खेलमैदान निर्माणको तयारी गरेको हो । अन्तराष्ट्रिस्तरको खेलमैदानको लागि समितिले यसअघि लेखनाथ नगरपालिका वडा नम्बर १७ मा रहेको पशुपतिघाटको मैदानलाई प्रस्ताव गरेको थियो ।

समितिको प्रस्तावलाई लेखनाथ नगरपालिका कार्यालयले स्विकृत गरेको छ । र, यो स्विकृति पश्चात नै अन्तराष्ट्रिस्तरको क्रिकेट मैदानको लागि बाटो खुल्ला भएको हो । यो क्रिकेट मैदान बनेसँगै पोखरामा दुईवटा क्रिकेट मैदान हुनेछन् । पोखरा रंगशाला भित्र अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान यसअघि नै छ ।

भरतपोखरीमा रहेको जग्गा क्रिकेट मैदान निमार्ण हुने भएपछि त्यो क्षेत्रफल भित्रको सार्वजनिक तथा प्रति जग्गा रोक्का समेत भएको छ । पशुपतिघाटमा रहेको करीब ३ सय रोपनी क्षेत्रफलको कित्ता नम्बर ३ सय ९४ को जग्गालाई जेठ २६ गतेदेखि लागु हुनेगरी रोक्का गरेको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले बताए ।

पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्ण समितिका संयोजक अशोक पालिखेको टोलीले जग्गाको खोजी गरेको हो । यसअघि समितिले लेखनाथको ढाडवेसी, लेखनाथको भण्डारढिकको खेलमैदान, हेमजाको सेतीनदी किनारा लामपाटन लगायातको क्षेत्रमा क्रिकेट मैदानको लागि जग्गाको अध्ययन अवलोकन गरेको थियो । पशुपतिघाटमा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्ण गर्न आवश्यक जग्गा उपलब्ध भएकोले अब निमार्ण प्रकृयालाई अगाडि बढाईहाल्ने निमार्ण समितिका संयोजक पालिखेले बताए ।

मैदान अवलोकन गर्दै टोलीका सदस्यहरु | तस्वीर: सुदर्शन रञ्जित

कमेन्ट गर्नुहोस्
Share: