प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा जनकपुर र सशस्त्र प्रहरी सेमिफाइनल नजिक

Share:

चितवन, पोखरा, जेष्ठ २९ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा क्षेत्र नम्बर ७ जनकपुर सेमिफाइनल नजिक पुगेको छ ।

khel-final-fianl1चितवनमा जारी समूह ‘बी’को खेलमा लगातार तेस्रो जित हासिल गर्दै जनकपुर शीर्ष स्थानका साथ अन्तिम चार नजिक पुगेको हो । तेस्रो खेलमा जनकपुरले क्षेत्र नम्बर ६ बैतडीलाई २६ रनले पराजित गर्‍यो ।

पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन जोड्यो । ओपनिङ ब्याट्सवुमन शोभा आलेले ५४ बलमा ६९ रन बनाइन् ।

जवाफमा बैतडीले ८ विकेटको क्षतिमा ७३ रनमात्र जोड्न सक्यो । शान्ति चौधरीले ३ तथा सन्तोषी चौधरीले २ विकेट लिए ।

अर्को खेलमा क्षेत्र नम्बर २ वीरगन्जलाई ४४ रनले पराजित गर्दै क्षेत्र नम्बर ४ भैरहवाले पहिलो जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको भैरहवाले इन्दु बर्माको २९ रनको मद्दतले ८ विकेट गुमाएर एक सय १० रन बनायो ।

जवाफमा वीरगन्ज १७ ओभर ४ बलमा सबै विकेट गुमाएर ६६ रनमात्र जोड्न सक्यो ।

उता, पोखरामा जारी समूह ‘ए’का खेलमा क्षेत्र नम्बर ३ काठमाडौंले क्षेत्र नम्बर १ विराटनगरलाई ३२ रनले हरायो । काठमाडौंले ९ विकेटको क्षतिमा एक सय १८ रन बनाएकामा विराटनगर १८ ओभर ३ बलमात्र क्रिजमा टिकेर ८६ रनमा समेटियो ।

वर्षाले असर गरेपछि सशस्त्र प्रहरी र आयोजक क्षेत्र नम्बर ८ पोखराले भने एक–एक अंक बाँडेका छन् ।

बराबरीपछि पनि सशस्त्र ३ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।

imagekhabar.com

कमेन्ट गर्नुहोस्
Share: