हिलारी क्लिन्टले सुरु गरिन चुनावी अभियान, बिल क्लिन्टनले दिए साथ

Share:

काठमाडौं, जेष्ठ ३१ । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीको उम्मेद्वारी पाउन हिलारी क्लिन्टनले आफ्नो चुनावी अभियान शुरु गरेकी छिन् । पार्टी अभियानमा अगाडी देखिएकी उनले आफ्नो पहिलो र्‍यालीमा अमेरिकी नागरिकलाई मद्दत गर्ने बचन दिएकी छिन् ।

न्यूयोर्कको रुजवेल्ट आइलैडमा हजारौं समर्थकलाई सम्बोधन गर्दै उनले आफ्नो मूख्य नीतिको रुपरेखा पेश गरिन । उनले कामकाजी परिवारलाई मद्दत गर्ने बचन दिँदै ‘जबसम्म तपांइहरु अगाडी बढ्नुहुन्न, अमेरिका पनि अगाडि बढ्न सक्दैन’, भनिन ।

चुनावी अभियानमा उनका पति एवं पूर्व राष्ट्रपति बिल क्लिन्टन र छोरी चेल्सी पनि सँगै थिए । यदि आफू आउँदो वर्ष हुने राष्ट्रपति निर्वाचनमा विजयी बनेमा अर्थव्यवस्था केहीका लागी नभइ आम अमेरिकीका लागी हुनेगरी काम गर्ने बताइन ।

क्लिन्टनले समृद्धी सिइओ र वित्तीय प्रबन्धकका लागि मात्र तथा लोकतन्त्र अरबपति र ठूला कम्पनीका लागि मात्र हुन नहुने टिप्पणी गरिन ।
६७ वर्षीया पूर्व विदेश मन्त्री क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने अभियानमा छिन ।

कमेन्ट गर्नुहोस्
Share: