मितेरी पुल नजिकै जमिन भासियो

Share:

नवराज ढुङ्गाना- असार ९ गते – पोखराको मितेरी पुल नकिै जमिन भासिएको छ । केही दिनयता लगातारजसो परिरहेको बर्षाका कारण जमिनको कमजोर सतह भासिएको हो । पोखरा उप–महानगरपालिका वडा नं. १५ र १७ जोड्ने मितेरी पुल नजिकै जमिन भासिएर ठूलो खाल्डो परेको छ । बस्ती नजिकै जमिन भासिएपछि आसपासका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । गतबर्षको बर्षामा पनि पोखराका विभिन्न ठाउँमा जमिन भासिएको थियो । बर्षायाममा निरन्तर पानी पर्दा जमिनमुनीको बलौटे माटो बग्ने हुँदा कमजोर भू–सतह भएको ठाउँ भासिने सम्भावना बढी भएको भूगर्वविद्हरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: