
गतहप्ता बाट हेटौडामा प्रर्दशन भएर दर्शक राम्रो प्रतिक्रिया पाएको फिल्म टिचर को आज पोखरामा च्यारिटि सम्पन्न भएको छ । पोखराको बिन्दबासिनि हलमा लेक सिटि हस्पीटल ले भुकम्प प्रभावितको सहयोगार्थ च्यारिटि गरको हो । फिल्म हेर्न साझ परेको पानिको प्रवाह नगरि हल पुगेका दर्शकहरुले सन्देश मुलक र यथार्थपरक फिल्म बनाएको भन्दै निर्देशक शोभित बस्नेत र सम्पूर्ण टिमलाई बधाई दिएका थिए ।
दर्शक बाट पाएको माया ले आफूलाई अर्को फिल्म निर्माणका लागी हौसला मिलेको निर्माता शिब कुमार रकाल ले बताए ।शिक्षकहरुको बास्तबीक जिबन लाई चित्रण गरिएको फिल्म टिचर लाई आगामि साउन दोस्रो हप्ता बाट पोखरामा प्रर्दशन गरिने निर्देशक बस्नेत ले जानकारी दिए ।सलोन फिल्मसको व्यानरमा बनेको टिचरमा कुशल थापा , उमा कार्की, सलिना बस्नेत , पुरन थापा , लय सँग्रौला लगाएतको अभिनय रहेको छ ।
फिल्ममा विन्दीया रानी प्रस्तुतकर्ता, शुसिल पगेनी शब्द टँक बुढाथोकि र प्याट्रिक सिटलिङको संगीत, राजेन्द्र खड्गीको द्धन्द रहेको छ ।
काठमाडौंमा र मकवानपुरका बिभिन्न ठाउँहरुमा फिल्म को छायँकन गरिएको छ ।
nepalifilmy.com
