
नवराज ढुङ्गाना-
पोखरा, २० असार-
पोखराको मणिपाल शिक्षण अस्पतालका एकजना चिकित्सकको छतबाट खसेर मृत्यु भएको छ ।
शनिबार राती अन्य सहकर्मीहरुसँगै छतमै बसेर खाना खाईरहेका बेला खसेर रौतहटका डा. अनिमेस ठाकुरको मृत्यु भएको हो ।
तर ठाकुरका आफन्तले भने अन्य डाक्टरहरुले धकेलेर हत्या गरेको दावी गरेका छन् ।
मणिपाल शिक्षण अस्पतालबाटै एमबिबिएस गरी इन्टर्नसीप गरिरहेका ठाकुर स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखा प्रमुख डा. गरिवदास ठाकुरका छोरा हुन् ।
सँगै खाना खाईरहेका बेला त्यहीँका केटी साथीहरुको बिषयलाई लिएर विवाद भएपछि, अन्य साथीहरुले धकेलेर हत्या गरेको उनको दावी छ ।
घटना शनिबार राती करिब ९ बजेतिर भएको र छतबाट खसेका ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
कास्की प्रहरीका प्रवक्ता केदार रजौरेले घटना शंकास्पद देखिएकाले यस बिषयमा गहिरो अध्ययनपछि मात्रै यथार्थ थाहा हुने बताए ।
मृतक ठाकुरको शव पोष्टमार्टमका लागि राखिएको छ ।
