फेवातालमा डुबेर मगरको मृत्यु

Share:

रञ्जन अधिकारी पोखरा २० असार ।  पोखराको फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । आईतबार दिउँसो पौडी खेल्ने क्रममा मकवानपुर मनहरी ४ घर भई पोखरा बस्दै आएका बिनोद मगरको डुबेर मृत्यु भएको हो ।

दुई साथी सहित पौडी खेल्न तालमा पसेका ३५ वर्षीय मगर पौडी खेल्दा खेल्दै तालमै बेपत्ता भएका थिए । दिउँसो साढे १ बजेतिर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो तर दिउँसो २ बजे मात्रै उनको शव निकालिएको हो । दुई साथीहरु भने सकुशल छन् । मगरको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टमका लागि राखिएको छ । उनका आफन्तहरु सम्पर्कमा आईनसकेको प्रहरीले जानकारी दिएको छ ।

गर्मी छल्न फेवातालमा शनिबार तथा बिदाका दिन बढि मात्रामा बालबालिकादेखि युवायुवती पौडन जाने गर्छन् । फेवातालमा खुलेआम कपडा धुने तथा नुहाउने गर्दा प्रशासन भने मौन छ । बालबालिकाहरु फेवाताल वारपार गर्ने गर्दा पनि रोकतोक नभएपछि यस्तो मृत्युका घटनाहरु घटिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: