तीन दिनदेखि सुनको मूल्य स्थिर

Share:

काठमाडौं, आषाढ २५ । नेपाली बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको हो ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ कमी आएको थियो तर बुधबार परिवर्तित मूल्य बिहीबार र शुक्रबार पनि कायम रहेको छ ।

तीन दिनदेखि नेपाली बजारमा छापावाल सुन प्रतितोला ५० हजार पाँच सय रुपैयाँमा कारोबार हुँदै आएको छ । त्यसैगरी तेजाबी सुन ५० हजार दुई सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १० रुपैयाँ बृद्धि भएको छ । बिहीबार प्रतितोला ६६५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६७५ रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: