
पोखरा,असार २७,माधब पनेरु
बिगत लामो समय देखि चारी तथा बिभिन्न घटनामा संलग्न भएको एक ब्यबशायिक चोर लाई कास्की प्रहरीले नियन्त्रण लिएको छ ।
बिगत लामोे समय देखि चोरी काण्डमा प्रहरी नियन्त्रणमा पर्दे आएको वागलुङ्ख जिल्ला मल्म गाबिस ४ का सन्जय बि.क प्रहरी नियन्त्रणमा परेका हुन । पछिल्लो समय पोखरामा स्कुटर तथा मोटरसाईक चारीमा उनको संलग्नता रहेको छ । बि.क. ले करिब १५ वटा स्कुटर प्रहरीको मिलेमतोमा चोरी गरिसकिएको बताएका छन ।
पोखराको बिरौटा बाट फुलमाया अधिकारीको स्कुटर चोरी गरेपछि मात्र उनि प्रहरी फन्दामा परेका हुन । आफैले चारी गरेको निलो रंगको स्कुटर दिएर आफ्नो स्कुटरमा तेल सकिएकोले लिन जाने बाहाना बनाएर फुलमायाको स्कुटर सन्जयले चोरेका हुन । अर्को स्कुटर फुलमाया लाई दिएर उनको स्कुटर चढेर गएका सन्जय नआएपछि एक हप्ता पछि फुलमायाले प्रहरीमा स्कुटर सहित जाहेरी दिएकी थिईन । तेल हालेर आफ्नो स्कुटर लिन आउने बताएका सन्जय फरार भएपछि फुलमायाले पटक– पटक प्रहरीमा तोकेता गर्दा पनि चोरको खोजि तथा नियन्त्रणको कुनै ठोस प्रयास नभए पछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पि हरि पालको र्निदेशनमा राष्ट्रिय अनुसन्धानको टोलीले घटनाको अनुसन्धान तथा खोजि कार्यको जिम्मा लिएको थियो ।अनुसन्धानले जिम्मा लिएको दुई दिनमा नै सन्जय बि.क रुपन्देहीबाट पक्राउ परेका हुन ।
सन्जयले नक्कली नम्वर तथा बिल बुक बनाएर चोरीका स्कुटर बिक्री गरेको देखिएको छ । चोरीका स्कुटर मध्ये एक प्रहरी जवान गम बहादुर बि.क ले नै खरिद गरेका छन । फुलमायाले आफ्नै स्रोत प्रयोग गरेर स्कुटर खोजि गर्दे जाँदा प्रहरी जवान गम ब. बि.कको साथबाट नै निसा बुढाको स्कुटर बरामत भएको थियो । प्रहरी जवान बि.कले आफुहरु लाई बिल बुक सहित स्कुटर बिक्रि गरेकोले खरिद गरेको बताए । तर सन्जय बि.क. ले गम बहादुर लाई दिएको बिल बुक पनि नक्कली छ । चोरीकै स्कुटर प्रहरीले नै खरिद गरेको रहस्य खुलेको बिषयमा आबस्यक अनुसन्धानका भैरहेको कास्की प्रहरी प्रमुख एस.पि हरि पालले जानकारी दिए । दोशि पाईएमा जुनसुकै दर्जाका प्रहरी भएपनि कार्वाही हुने उनले बताएका छन ।
पिडित आफैले चोरको मोवाईल नम्वर र हुलिया पत्ता लगाएर प्रहरीलाई जानकारी दिदा समेत चोर पक्राउ गर्न र आबस्यक अनुसन्धानका लागि प्रहरीले सक्रियता नदेखाएको पिडितहरुले आश्चर्य प्रकट गरेका छन । एक त प्रहरी आफैले चोरीको स्कुटर खरिद गर्ने र अर्को तर्फ खोजि कार्यमा तदारुकता नदेखाए पछि घटना रहस्यमय बनेको छ । चोरी गर्ने सन्जय र फुलमाया बिचको कुराकानिमा सन्जयले आफुलाई प्रहरीले नै साथ दिएको बताएका छन ।
पिडितले जिल्ला प्रहरी कार्यालयमा गएर गरेको कुराकानि समेत चोरी गर्ने सन्जयलाई जानकारी भएपछि पनि घटना थप रहस्यमय बनेको हो । यो केशमा अन्य प्रहरीको समेत संलग्नता हुन सक्ने पिडितहरुले आशंका गरेका छन । सन्जयले फुलमाया संग फोनमा गरेको कुराकानिकोे अडियो तथा अन्य बृस्तीत जानकारी सहितको रेडियो रिपोर्ट बिग न्युजमा प्रसारण गरीनेछ ।
