अविरल वर्षाले पोखराका बिभिन्न स्थानमा जमिन भाँसियो, स्कुलमा पहिरो जाँदा एक बिद्यार्थिको मृत्यु,आधा दर्जन घाईते

Share:

कास्की, ३१ असार ।
गएरातिदेखि परेको अविरल वर्षाले पहिरो जादा छोरेपाटन १७ स्थित एक निजी स्कूल पुरिँदा १ विद्यार्थीको मृत्यु भएको छ भने ४ शिक्षक सहित ९ जना विद्यार्थी घाइते भएका छन् । दिउँसो साढे १२ बजेतिर एक्स आर्मी पब्लिक हाइयर सेकेण्डरी स्कूलको एउटा कक्षाकोठाको छानामाथि पहिरो खसेको थियो । त्यतिबेला विद्यार्थीहरु परीक्षा दिइरहेका थिए । पहिरोमा पुरिएर पोखरा १७ डेबिडफल्स बस्ने कक्षा ९ मा पढ्ने १४ वर्षीय विद्यार्थी मोहन गायकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते शिक्षकमध्ये अमृत बराल र अमृत कार्कीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै घाइते विद्यार्थी मध्ये विष्णु भुजेलको नमस्ते हस्पिटल, अनिशा सुनार र सुचना पौडेलको मेट्रोसिटी हस्पिटल, प्रतीक्षा सुवेदीको गण्डकी मेडिकल कलेज, कञ्चन विक, आविस्कार विक र शिक्षा बरालको चरक हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । विद्यालयको देबे्रपट्टि फेरी धाजा फाटेको छ । त्यस्तै पहिरोको कारणले अर्मलाको निमार्णाधीन अन्नपूर्ण माविको भवन मध्ये दक्षिणतर्फको भवन पनि भत्किएको छ भने भवनको नजिकै रहेको जग्गा पनि धाजा फाटेको छ ।
निर्माणधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल आसपासका घरहरु डुवानमा परेका छन् । विमानस्थल निर्माणका क्रममा खनिएको नालामा पानीको मात्रा बढी भएपछि पोखरा वडा न्ां. १४, १५ र १८ का वस्तीहरु डुवानमा पर्नुका साथै मानिसहरु विस्थापित भएका छन् । बस्ती डुबानमा परेपछि स्थानीयले डोजर लाएर खुलाएका छन् । विमानस्थलले बनाएको रनवे फिलिङले बाधको काम गरी जम्मा भएको पानी बस्तीका गएर घरभित्र पुग्न थालेपछि स्थानीयले भत्काएका थिए । विमानस्थलका पानी थुनिदा मझेरीपाटन क्षेत्रका करीब ५० घरमा पानी छिरेको थिया । त्यस्तै ३ घर भत्किएको छ भने त्यहाको धानबालीमा पनि असर गरेको छ । बाध डोजर लगाएर भत्काएको भन्दै प्रशासनले स्थानीयलाई त्यसो नर्गन केही समय प्रहरी समेत परिचालन गरेको थियो ।
विमानस्थलबाट पानीको ठूलो भेल फुटेर गएपछि पोखराको विजयपुर खोलामा निर्मित विजयपुर–१ साना जलविद्युत परियोजनाको पावर हाउसमा क्षति पुगेको छ । निमार्णाधीन विमानस्थलबाट आएको भेलले विजयपुर खोला थुनिएपछि पावर हाउसमा क्षति पुगेको हो । भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालिद्धारा सञ्चालित हाइड्रोपावरले ४ दशमलव ५ मेगावाट विजुली उत्पादन गर्दै आएको छ । पावर हाउसमा क्षति पुगेपछि विजुली उत्पादन बन्द गरिएको हाइड्रो पावरका प्रोजेक्ट म्यानेजर बसन्त मोहन शर्माले जानकारी दिएका छन् । पहिरोले करीब १५ करोड रुपैयाको क्षति पु¥याएको शर्माको भनाई छ । लेखनाथको ३ र ५ नम्बर वडाको स्कनेरी भन्ने स्थानमा हाइड्रोपावरको ड्याम निमार्ण गरिएको छ । करीब ७० करोडको लागतमा निमार्ण भएको हाइड्रोपावरबाट ४ वर्ष अगाडिबाट विद्युत उत्पादन हुदै आएको छ ।
भने पोखराको नदीपुरमा जमिन भासिएको छ । अर्मलामा जमिन भासिएर त्रसित भइरहेका पोखरेलीलाई यसले झनै त्रास बढाएको छ ।
पोखरा उपमहानगरपालिका कार्यालयको पछाडि पनि जमिन भास्सिएको छ । नदीपुर स्थित सविताराज भण्डारीको आठ आना जग्गा ५ फिट तल भासिएको प्रहरीले जनाएको छ । जमिन भासिएपछि स्थानीय गीता खडकाको पक्की घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर पालले बताए । यस्तै प्रस्तावित चक्रपथ भलाममा पहिरो जादा सडक अवरुद्ध भएको छ भने भलाम निवासी कुलबहादुर हमालको घर जोखिममा परेको छ । पोखरा ९ रामघाटमा सेतिनदि जलमग्न हुदा त्यहाँका केहि घरहरु डुवानमा परेका छन् । पोखरा उप–महानगरपालिका–१३ स्थित काहु खोलामा पनि भीषण बाढी आएको छ ।
बाढीका कारण बुडुवा, कमलपोखरी लगायत आसपासका बस्तीहरु डुवानमा परेका छन् । बाढीका कारण स्थानीयले भर्खरै रोपेको धान खेत समेत डुबाएको छ भने खोला आसपासका घरहरुमा पानी पसेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: