
पोखरा,साउन ,१माधब पनेरु ,
बिदेश जाँदा तोकीएको रकम भन्दा दोब्बर तिरेर बिदेश जान बाद्य नेपाली युवाहरु बिषेश गरि म्यानपावर कम्पनीमा ऐजेन्टका रुपमा काम गर्नेहरु बाट बढी ठगिएका छन । अप्ठेरो भौगालिक अबस्था राजधानि सम्म सहज पहँुच पुग्न नसक्ने जस्ता समस्याका कारण मानिसहरु बिदेश जान म्यानपावर कम्पनी वा ऐजेन्टहरु संग पुग्ने गरेका छन ।
बिदेश जाने एउटा तप्का अनपढ र कम लेखपढ भएको पनि छ । नेपालमा आबस्यक रोजगारी नपाएपछि सिप नभएपनि मजदुरीको लागि बिदेश जाने नेपाली युवा युवतीहरु बढी ठगिएका उदाहरण हरु रहेका छन ।
सुचना प्रबिधिको चरम बिकास भएको आजको युगमा पनि मानिसहरुले यसको सहि प्रयोग गर्न नजान्दा पनि समस्या भएको छ । सुचना र प्रबिधिको प्रयोग गर्न जानेमा संबन्धीत देशको बारेमा जानकारी र आफुले काम गर्ने कम्पनीको बारेमा पनि सुचना प्राप्त गर्न सकिन्छ । तर नेपालका ग्रामिण भेगमा रहेका मानिसहरु लाई बिदेश जाने तरीका र संबन्धीत कामका बारेमा कसरी जानकारी लिने भन्ने बारेमा थाहा नभएपछि ऐजेन्टको भर पर्दा ठगिने संभावना अत्यन्त बढी हुन्छ ।
संबन्धीत म्यानपावर कम्पनीले पनि ऐजेन्ट बाट ठगिएको उजुरी पर्दा समेत बेवास्था गरिदिन्छन । मानिसहरु दलाल बाट ठगिएपछि म्यानपावर कम्पनीमा गुनासो गर्न गएका कामदारहरु लाई गुणडागर्दी शैलीमा फर्काउने र पिडितहरु लाई झन अनेकौ त्रासहरु देशाउने काम म्यानपावर कम्पनीहरुले गरेको गुनासो आईरहन्छ ।
