रेडियोलोजी क्षेत्रको ब्यवशायीक चुनौती तथा अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share:

पोखरा २ श्रावण
टीम रेडियोलोजी पोखराको आयोजनामा शनिवार रेडियोलोजी क्षेत्रको ब्यवशायीक चुनौती तथा अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले रेडियोलोजीमा थुप्रै चुनौतीहरु रहेता पनि उत्तिकै अवसरहरु समेत रहेको वताएका छन । कार्यक्रममा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेलले अझै पनि रेडियोलोजीको क्षेत्रमा पर्याप्त मात्रामा दक्ष जनशक्ती नभएको वताए । पौडेलले अझै पनि यो क्षेत्रमा उत्तिकै अवसरहरु रहेको वताउदै विभिन्न कलेजहरुमा अध्ययनरत रेडियोग्राफी विद्यार्थीहरुलाई रोजगारी पाइदैन कि भनेर नआत्तिन आग्रह गरे । सिटी स्क्यान र एम आर आई जस्ता सेवाहरु अब हरेक हस्पिटलहरुमा विस्तारै भित्रिन थालेकाले रेडियोलोजीको क्षेत्रमा चुनौति संगै नयाँ अवसारहरु थपिन थालेको बताए ।
कार्यक्रममा वोल्दै वरिष्ठ रेडियोलोजिष्ट पूर्व पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा. कालु शर्मा सुवेदीले रेडियोग्राफी अध्यापन गराउने निजी कलेजहरुले विद्यार्थीहरु संग पैसा असुलेर पनि गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्नु दुखद पक्ष भएको वताए । रेडियोग्राफी अध्यापन गराउने अधिकांश कलेजहरुमा प्रयोगात्मक कक्षाहरुको अभाव भएको वताउदै अधिकांश रेडियोग्राफीका विद्यार्थीहरुले अझै पनि सिटी स्क्यान र एम आर आईका मेसिनहरु देख्न नपाएको वताउदै त्यसप्रति कलेजहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यस्तै रिजनल कलेज अफ हेल्थ, साइन्स एण्ड टेक्नोलोजीका अध्यक्ष जगत खड्काले रेडियोग्राफीका विद्यार्थीहरुका लागी अवसर रहेको वताउदै अवसर प्राप्तिका लागी विद्यार्थीहरु एकजुट भएर अगाडी भएर लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ रेडियोलोजिस्ट डाक्टर कालु शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडियोलोजिकल शोसाईटीका सल्लाहकार कृष्ण कोइराला, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष उदयकान्त तिवारी, सुरेन्द्र ढुंगाना, रिजनल कलेजका विद्यार्थी कबिन्द्र भट्टराई, रेडियोग्राफर भीम थापा लगायतले वोलेका थिए । कार्यक्रममा रेडियोग्राफर टेक्नोलोजिस्ट विशर्जन शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रेडियोलोजिष्ट, टेक्नोलोजिष्ट,रेडियोग्राफर लगायत रेडियोग्राफर पढ्दै गरेका झण्डै १०० जनाको सहभागीता थियो ।

कमेन्ट गर्नुहोस्
Share: