सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घट्यो

Share:

काठमाडौं, श्रावण ८ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । साताको अन्तिम दिन सुन तोलाको ४७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन भाउ चार वर्ष यताकै सबैभन्दा कम हो ।

बुधबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ घटेर ४८ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार भने सुनको भाउ स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर किनबेच भएको छ । बिहीबार तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार ६ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: