पोखरा जेसीजद्वारा अन्तरशाखा नेतृत्व विकास तालिम

Share:

रञ्जन अधिकारी पोखरा, १० साउन / पोखरा जेसीजको आयोजनामा शनिबार अन्तरशाखा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नेतृत्वका लागि तयारी सम्बन्धमा भएको सो तालिममा जेसीआई वालिङ्ग, जेसीआई लेखनाथ, जेसीआई पोखरा लेडी, जेसीआई पोखरा र विभिन्न संघसंस्थाका सदस्यहरुका ेसहभागिता रहेको थियो ।

मुख्य प्रशिक्षकजेसीआई सिनेटर तिर्थ पौडेलले नेतृत्व विकास र नेतृत्व लिनका लागि आवश्यक तयारीका बारेमा सहजीकरण गरेका थिए । जेसीआई नेपालका तालिम आयुक्त जेसीआई सिनेटर प्रकास श्रेष्ठले सिकेका कुरा आफनो दैनिक जीवनमा प्रयोग गर्न सल्लाह दिए । सहभागीहरुको तर्फबाट बोल्दै जेसीआई वालिङ्गका निवर्तमान कार्यकारीणि उपाध्यक्ष रेखा थापा र पोखराका कानुनी सल्लाहकार गोविन्द देवकोटाले तालिम फलदायी भएको बताए ।

जेसीआई पोखराका अध्यक्ष छविलाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जेसीआई लेखनाथका महासचिव सन्दिप ढुङ्गाना, जेसीआई वालिङ्गका अध्यक्ष इन्द्र प्रसाद भुषाल, पोखरा लेडि जेसीजका कार्यकारीणि उपाध्यक्ष प्रमिला सुवेदीले बोलेका थिए ।

नेपाल जेसीजका पुर्व कार्यकारीणि उपाध्यक्ष जेसी सुदिपराज भण्डारी, जेसीआई पोखराका पुर्व अध्यक्षहरु सन्तोष पोखरेल, जेसीआई सिनेटर विष्णु बहादुर थापा, जेसीआई म्याग्दीका निवर्तमान अध्यक्ष बबिन बाग्दास, पुर्व अध्यक्ष रमेश श्रेष्ठ र अध्यक्ष नवराज पौडेलको उपस्थिती रहेको थियो ।

जेसीआई पोखराका सचिव सन्तोष शाहीले संचालन गरेको कार्यक्रममा स्वागत कार्यक्रमक संयोजक शिव प्रसाद सापकोटा तथा आस्थापाठको अगुवाई यज्ञपुरुष रिजालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: