
पोखरा, साउन १३ । कुमार नगरकोटीको पाँचौैं कृति एवं पहिलो उपन्यास ‘मिस्टिका’ देशका पाँच स्थानबाट विमोचन हुने भएको छ। ‘ प्रकाशन संस्था बुक हिलले प्रकाशन गरेको ‘मिस्टिका’ पाँच स्थानमा विमोचन हुने पहिलो कृति बन्ने छ।
साउन ३० गते इटहरीबाट सुरु हुुने विमोचन भदौ १ गते चितवन, ३ गते बाँके, ५ गते पोखरा र अन्तिम विमोचन काठमाडौंमा १० गते हुने बताइएको छ । काठमाडौं बाहिरलाई ‘मोफसल’ भनेर खासै महत्व नदिइएकाले काठमाडौं भन्दा पहिला मोफसललाई प्राथमिकता दिइएको पनि बुकहिलले जनाएको छ ।
बुकहिलले पुस्तकको लागि ‘बुकलेट’ प्रचार पनि सुरु गरिसकेको छ । गत साउन १० गते नै बिग एफएमको आयोजनामा पोखरामा, नगरकोटीको प्रकाशोन्मुख उपन्यास मिस्टिकाको बुकलेट लञ्च तथा कवि सरस्वती प्रतिक्षासँग मिस्टिका संवाद कार्यक्रम आयोजना गरिसकिएको छ ।
आफूलाई लेखक नभई ‘फिक्सन डिजाइनर’ भन्ने कुमार नगरकोटीको मिस्टिकाभित्र ‘ग्रे–डेज’, ‘ब्लु बोयज’, ‘स्याफ्रन ड्रिम्स’ र ‘इन्डिगो इभिनिङ्स’ शिर्षकका चार खण्डहरु रहेका छन् ।
यसअघि नगरकोटीका ‘मोक्षान्तः कोठमाडौं फिभर’,‘फोसिल’, ‘अक्षरगञ्ज’ र ‘कोमा: अ पोलिटिकल सेक्स’ नामका चार कृतिहरु प्रकाशित भइसकेका छन् ।
