युद्धक विमान दुर्घटना, १२ जनाको मृत्यु

Share:

काठमाडौं, श्रावण १८ । सिरियाको उत्तर पश्चिमी इडिब प्रान्तको अरिहा सहरमा सरकारी युद्धक विमान दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धेरैजना घाइते भएको बेलायतलाई आधार बनाएर काम गर्ने ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स् ग्रुप’ले जनाएको छ । अरिहा सरकारी नियन्त्रणको केही क्षेत्रहरुमध्येको एक हो ।

बाक्लो हुस्सुका कारण विमान दुर्घटना भएको सरकारी सन्चारमाध्यमले जनाए पनि ‘अल कायदा’ आबद्ध ‘अल नुर्सा लडाकू समूह’ले भने विमान आफूले खसालेको दाबी गरेको छ ।

सिरियामा राष्ट्रपति बसर अल असदको शासनविरुद्ध वर्षौंयता चलेको संघर्षका कारण लाखौं मानिसको मृत्यु भएको छ भने विस्थापित हुनेको संख्यामा पनि लाखौं पुगेको छ । मुलुकका अधिकांश भू–भाग लडाकू समूहहरुको नियन्त्रणमा गएको छ ।

कमेन्ट गर्नुहोस्
Share: