गौरिकाको अर्को नयाँ राष्ट्रिय कीर्तिमान

Share:

काठमाडौं, श्रावण २१ । रुसको कजानमा जारी १६औं फिना विश्व च्याम्पियनसिपमा पौडीबाज गौरिका सिंहले दोस्रो राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् ।

गौरिकाले १०० मिटर फ्रिस्टाइल १ मिनेट ३ दशमलव २३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा ६८ डिजिटले सुधार गरेकी हुन् ।

यसअघि, गत जेष्ठमा काठमाडौंमा सम्पन्न २०औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा गौरिकाले उक्त दुरी १ मिनेट ३ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

९० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा गौरिका ८१औं स्थानमा रहेकी टिम व्यवस्थापक बासुदेव निरौलाले जानकारी दिए ।

जारी प्रतियोगितामा यसअघि गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: